लोकसेवा आयोग कर्मचारी संचय कोष, प्रशासन, पाँचौ, प्रमुख सहायक पदको प्रतियोगात्मक लिखित परीक्षा २०७४/०५/०२ पत्र: प्रथम

Posted on December 6, 2022
Karmachari Sanchaya Kosh

पत्र: प्रथम  

बिषय: व्यवस्थापन, लेखा र कम्प्युटर सम्बन्धी

खण्ड 'क' ४*१०=४०  

१. संगठनको उद्देश्य हासिल गर्न व्यवस्थापनले कसरि भूमिका खेल्दछ? व्यवस्थापनको आधारभूत सिद्धान्तहरुको बारेमा उल्लेख गर्नुहोस। 

२. द्वन्द व्यवस्थापनको बारेमा जानकारी गराउदै यसका प्रतिक्रियाहरु के के हुन्? वर्णन गर्नुहोस।  

३. नेतृत्व, उत्प्रेरणा र कार्य सम्पादनबीचको अन्तरसम्बन्धबारे उदाहरणसहित प्रकाश पार्नुहोस। 
  
४. परियोजना विश्लेषण र मुल्यांकन गर्दा ध्यान दिनुपर्ने पक्ष्यहरुबारे स्पस्ट पार्नुहोस। लगानी तथा जोखिम व्यवस्थापनमा यस्ता पक्ष्यहरु कसरि उपयोगी हुन सक्छन? व्यवहारिक उदाहरण सहित लेख्नुहोस।   

 

खण्ड 'ख' ४*१०=४०  

५. ह्रासकट्टी भनेको के हो? ह्रासकट्टीका प्रमुख बिधिहरुबारे चर्चा गर्नुहोस। 
६. व्यवसायिक लेखाप्रनालिको महत्वमाथि प्रकाश पार्दै लेखाका सर्वमान्य सिद्दान्तहरुको संछेपमा ब्याख्या गर्नुहोस। 
७. बित्तिय बिश्लेषणका तरिकाहरुको बारेमा प्रस्ट पार्नुहोस। 
८. आन्तरिक लेखापरिक्षण र बाह्य लेखापरिक्षणबीच भएको भिन्नताहरु उल्लेख गर्दै ति दुइमध्ये बढी महत्वपूर्ण लेखापरिक्षण कुन हो? स्पस्ट पार्नुहोस्। 

 

खण्ड 'ग' २*१०=२० 

९. Microsoft Officie System भनेको के हो? यस भित्र रहेका Word तथा Excel का महत्वबारे चर्चा गर्नुहोस। 
१०. Computer Networking भन्नाले के बुझिन्छ? Networking का प्रमूख र यसका फाइदाहरु सम्बन्धी बयान गर्नुहोस।